बुधबार सेयर बजार सामान्य अंकले घढेको छ । सेयर बजार परिसूचक नेप्से ४.६८ अंकले बढेर एक हजार ९२३२.३३विन्दुमा पुगेको छ ।
विकास बैंक ३९, फाइनान्स ०.६, जलविद्युत ११, उत्पादन २७, माइक्रोफाइनान्स ४३, अन्य ०.३ र ब्यापार उपसमूह १०९ अंकले बढेको छ । यस्तै, बैंकिङ २, होटल तथा पर्यटन १९, जीवन बीमा ३ र निर्जीवन बीमा उपसमूह १२ अंकले घटेको छ ।
आज यूनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सिद्धार्थ इक्वीटि फन्ड झण्डै साढे चार प्रतिशतले घटेको छ ।
यस दिन २६१ कम्पनीका ६५ लाख ४१ हजार कित्ता सेयर दुई अर्ब ३६ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया