Logo

मुख्य समाचार

नेप्से ७ अंकले बढ्यो, दुई अर्ब ३० करोडको कारोबार


GDP नेपाल
   २५ जेष्ठ २०८०, बिहिबार


बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ७.२७ अंकले बढेर एक हजार ९३९.६१ विन्दुमा पुगेको छ । 

विकास बैंक ३१, फाइनान्स १७, जीवन बीमा १४५, माइक्रोफाइनान्स १, निर्जीवन बीमा उपसमूह ५०२, अन्य ५ र ब्यापार उपसमूह १२९ अंकले बढेको छ । यस्तै, बैंकिङ ३, जलविद्युत १९, होटल तथा पर्यटन ३९ र उत्पादन ३८ अंकले घटेको छ ।

आज डाल्टी पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर ९.९६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज रिभर फल्स पावरको सेयर साढे ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन २७३ कम्पनीका ५९ लाख ६२ हजार कित्ता सेयर दुई अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २५ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह