Logo

सेयर बजार

ज्योति क्यापिटलको संचालकमा अविनास उप्रेती नियुक्त


GDP Nepal
   ३१ जेष्ठ २०८०, बुधबार


काठमाडौं । ज्योति क्यापिटल लिमिटेडमा रिक्त रहेको सञ्चालक पदमा अविनास उप्रेती नियुक्त भएका छन् । सोमवार कम्पनीका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको ३० औ बैठकले उक्त निर्णय गरेको हो ।

नवनियुक्त सञ्चालक उप्रेती ज्योति विकास बैंक बाहेकका अन्य संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त भएका हुन् । स्नातकोत्तर तह (एमविए) को शैक्षिक योग्यता भई कर्जा विश्लेषकको अनुभव बोकेका उप्रेती २०८० जेठ २९ देखि लागु हुनेगरी ज्योति क्यापिटलको सञ्चालकमा चयन भएको सीईओ विकास ढकालले जानकारी दिए ।

“नव–नियुक्त सञ्चालक अविनास उप्रेतीको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ,” सीईओ ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । क्यापिटलले हालसम्म नेपाल सरकारलाई ३६ लाख ७५ हजार कर दाखिला गरिसकेको छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य वोकेको क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्ने गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।

प्रकाशित : ३१ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह