Logo

सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार, ३ अर्ब १६ करोडको कारोबार


GDP नेपाल
   ३२ जेष्ठ २०८०, बिहिबार


बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ५ अंकले बढेर दुई हजार ०४२.०७ विन्दुमा पुगेको छ । 

होटल तथा पर्यटन २०८, जीवन बीमा ३०८, उत्पादन ८, निर्जीवन बीमा १४३ र अन्य उपसमुह २ अंकले बढेको छ । बैंकिङ २, विकास बैंक १२, फाइनान्स १६, जलविद्युत ८, माइक्रोफाइनान्स २१ र ब्यापार उपसमूह ४४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सिटी होटल लिमिटेडको सेयर ९.९७ र अभियान लघुवित्त वित्तिय संस्थाको सेयर ९.२० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज भूगोल इनर्जीको सेयर झण्डै ६ प्रतिशतले घटेको छ ।

यस दिन २७० कम्पनीका ७८ लाख ९६ हजार कित्ता सेयर ३ अर्ब १६ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह