Logo

मुख्य समाचार

५२ अंकले बढेको सेयर बजारमा ४ अर्ब ८६ करोडको कारोबार


GDP नेपाल
   ३ असार २०८०, आइतबार


आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ५२.२६ अंकले बढेर दुई हजार ०९४.३३ विन्दुमा पुगेको छ । 

विकास बैंक ५०, फाइनान्स ३५, होटल तथा पर्यटन २९४, जलविद्युत १०२, जीवन बीमा ६९४, उत्पादन १४२, माइक्रोफाइनान्स १०३, निर्जीवन बीमा ५००, अन्य ८६ र ब्यापार उपसमूह ८७ अंकले बढेको छ । यस्तै, बैंकिङ उपसमूह भने ३ अंकले घटेको छ ।

आज नेपाल इन्स्योरेन्स, प्रभु लाइफ, ग्रीनभेन्चर, सुपरमादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, मेन्छ्याम हाइड्रोपावर, सिटी होटल, माहुली लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, साधना लघुवित्त र स्वेतगंगा हाइड्रोको मूल्य ९.८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि शुभम् पावरको सेयर ५.५ प्रतिशतले घटेको छ ।

यस दिन २८० कम्पनीको एक करोड २० लाख कित्ता सेयर ४ अर्ब ८६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३ असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह