Logo

सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार, ४ अर्ब ७४ करोडको कारेबार


GDP नेपाल
   ४ असार २०८०, सोमबार


सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २.९४ अंकले घटेर दुई हजार ०९१.३९ विन्दुमा पुगेको छ । 

बैंकिङ ८, होटल तथा पर्यटन ८१, जलविद्युत १९, जीवन बीमा १९३, उत्पादन ५२, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा २७७ र ब्यापार उपसमूह १२ अंकले घटेको छ । यस्तै, विकास बैंक १३१, फाइनान्स ८९ र अन्य उपसमूह ३३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्विटी फन्ड, माउन्टेन इनर्जी, वीपीडब्ल्यू लघुवित्त र मेन्छ्याम हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २७६ कम्पनीको एक करोड २९ लाख कित्ता सेयर ४ अर्ब ७४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ४ असार २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह