Logo

मुख्य समाचार

घोराही सिमेन्टमाथि धितोपत्र बोर्डको एक्सनः आईपीओ प्रक्रिया तत्काल रोक्नू !


GDP Nepal
   ४ असार २०८०, सोमबार


काठमाडौं । प्रिमियम मूल्यमा निष्कासन गरिएको घोराही सिमेन्टको आईपीओसम्बन्धी सबै प्रक्रियामाथि नियामकीय निकाय नेपाल धितोपत्र बोर्डले रोक लगाएको छ ।

बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले सोमबार यस्तो निर्णय गरेको जनाइएको छ ।

आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।

अर्कोतर्फ केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरेरनगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो।

रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक सेयर निष्कासनमा समेत रोक्न लगाएको जनाइएको छ ।

प्रकाशित : ४ असार २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह