Logo

सेयर बजार

ओरालो यात्रामा सेयर बजार, १४ अंकले घट्यो नेप्से


GDP नेपाल
   ६ असार २०८०, बुधबार


बुधबारबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १४.०५ अंकले घटेर दुई हजार ०५०.७८ विन्दुमा पुगेको छ । 

बैंकिङ ९, विकास बैंक ५२, फाइनान्स २८, जलविद्युत ४१, माइक्रोफाइनान्स ४०, निर्जीवन बीमा ०.८३ र अन्य उपसमूह ७ अंकले घटेको छ । होटल तथा पर्यटन २३९, जीवन बीमा ११, उत्पादन १५ र ब्यापार उपसमूह २ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै ग्रिन भेन्चर्स लिमिटेडको सेयर झण्ढै ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि सिटी होटल लिमिटेडको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।

यस दिन २७१ कम्पनीको ८६ लाख ५१ हजार कित्ता सेयर ३ अर्ब ४९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ६ असार २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह