Logo

सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार


GDP नेपाल
   ७ असार २०८०, बिहिबार


बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ४.७५ अंकले बढेर दुई हजार ०५५.५३ विन्दुमा पुगेको छ । 

आज होटल तथा पर्यटन ४४८, जीवन बीमा ३५९, निर्जीवन बीमा २९५ र अन्य उपसमूह ११ अंकले बढेको छ । यस्तै, बैंकिङ ६, विकास बैंक २३, फाइनान्स ४, उत्पादन २३ जलविद्युत ४०, माइक्रोफाइनान्स २४ र ब्यापार उपसमूह ८ अंकले घटेको छ ।

आज तारा गाउँ रिजेन्सि होटल, ओरियन्टल होटल, कालिन्चोक दर्शन लमिटेड र बीपीडब्यू लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज इङ्गवा हाइड्रोपावर लिमिछेडको सेयर झण्डै ८ प्रतिशतले घटेको छ ।

यस दिन २७६ कम्पनीको ८० लाख कित्ता सेयर ३ अर्ब ४४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ७ असार २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह