Logo

मुख्य समाचार

६२ अंकले बढ्यो सेयर बजार, ६ अर्ब ४९ करोडको कारोबार


GDP नेपाल
   १० असार २०८०, आइतबार


आइतबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ६२.२१ अंकले बढेर दुई हजार ११७.७३ विन्दुमा पुगेको छ । 

बैंकिङ १२, विकास बैंक १७४, फाइनान्स ९८, होटल तथा पर्यटन ९३, जलविद्युत् ४६, जीवन बीमा ८९१, उत्पादन २३७, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा ६६६, अन्य ७९ र ब्यापार १३१ अंक बढेको छ ।

आज सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालयन लाइफ, सामलिङ पावर, बीपीडब्लु लघुवित्त, सिटी होटल र शिवम् सिमेन्टको मूल्य १० प्रतिशत बढेको छ । समग्रमा बजार बढे पनि आज शुभम् पावर लिमिटेडको सेयर झण्डै ७ प्रतिशतले घटेको छ ।

यस दिन २७५ कम्पनीको एक करोड ४७ लाख कित्ता सेयर ६ अर्ब ४९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १० असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह