Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, पाँच अर्ब ३१ करोडको कारोबार


GDP नेपाल
   ११ असार २०८०, सोमबार


सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ११.६९ अंकले बढेर दुई हजार १२९.४२ विन्दुमा पुगेको छ । 

बैंकिङ ८, विकास बैंक २४, फाइनान्स ४६, होटल तथा पर्यटन ५७, उत्पादन २८ र माइक्रोफाइनान्स १५१ अंकले बढेको छ । यस्तै, जलविद्युत् ११ । जीवन बीमा ९, निर्जीवन बीमा ११२, अन्य ८ र ब्यापार उपसमूह ६ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै हिमालय लाइफ इन्स्योरेन्स, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल र सिभिल लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सुपर मादी हाइड्रोपावर कम्पनीको सेयर झन्डै सात प्रतिशतले घटेको छ ।

यस दिन २७९ कम्पनीका एक करोड १९ लाख कित्ता सेयर पाँच अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ११ असार २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह