Logo

सेयर बजार

झण्डै ५७ अंकले बढ्यो सेयर बजार, ५ अर्ब ४७ करोडको कारोबार


GDP नेपाल
   १२ असार २०८०, मंगलबार


मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ५६.९४ अंकले बढेर दुई हजार १८६.३६ विन्दुमा पुगेको छ । 

बैंकिङ ४८, विकास बैंक ५३, फाइनान्स ८३, होटल तथा पर्यटन ६०, जलविद्युत् ३९, जीवन बीमा ९४, माइक्रोफाइनान्स ३५३, र अन्य ३१ अंकले बढेको छ । उत्पादन ९, निर्जीवन बीमा १४ र ब्यापार उपसमूह १७ अंकले घटेको छ ।

आज ३३ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २७५ कम्पनीको एक करोड ३१ लाख कित्ता सेयर ५ अर्ब ४७ करोडमा कारोबार भएको छ । सबैभन्दा धेरै स्वावलम्बन लघुवित्तको २५ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

प्रकाशित : १२ असार २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह