Logo

मुख्य समाचार

३५ अंकले घटेको सेयर बजारमा ५ अर्ब ९७ करोडको कारोबार


GDP नेपाल
   १३ असार २०८०, बुधबार


बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ३५.३७ अंकले घटेर दुई हजार १५०.९९ विन्दुमा पुगेको छ । 

बैंकिङ १९, विकास बैंक ९७, फाइनान्स ५८, होटल तथा पर्यटन १५६, जलविद्युत् ५०, माइक्रोफाइनान्स १२८, अन्य ५२, उत्पादन ८८, निर्जीवन बीमा ५९ र ब्यापार उपसमूह ६६ अंकले घटेको छ । यस्तै, जीवन बीमा ३०४ अंकले बढेको छ ।

आज इङ्वा हाइड्रोपावरको सेयर साढे ६ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज हिमालयन लाईफ इन्स्योरेन्स, बीपीडब्लु लघुवित्त र सिटी होटलको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २८० कम्पनीको एक करोड ३३ लाख कित्ता सेयर ५ अर्ब ९७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १३ असार २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह