बुधबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३९.२६ अंकले घटेर दुई हजार ०४९.४४ विन्दुमा पुगेको छ ।
बैंकिङ १०, विकास बैंक ६३, फाइनान्स २०, जलविद्युत् ५६, जीवन बीमा ४०९, उत्पादन १०५, माइक्रोफाइनान्स ८६, निर्जीवन बीमा ३१०, अन्य ३६, ब्यापार उपसमूह ३२ र होटल तथा पर्यटन उपसमूह ८८ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै बीपीडब्लु लघुवित्त र मोदी इनर्जी लिमिटेडको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सिटी होटल र रावा इनर्जीको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन २७७ कम्पनीका ८० लाख कित्ता सेयर ३ अर्ब ७ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया