बिहिबार सेयर बजार झिनो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ०.०६ अंकले घटेर दुई हजार ०४९.३८ विन्दुमा पुगेको छ ।
आज सबैभन्दा धेरै मोदी इनर्जी लिमिटेडको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सिटी होटल, रेवा इनर्जी र अपर तामाकोशी जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
यसदिन २८० वटा कम्पनीका ९७ लाख कित्ता सेयर तीन अर्ब सात करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया