Logo

सेयर बजार

सेयर बजारमा हरियाली, २८ अंकले बढ्यो नेप्से


GDP नेपाल
   २४ असार २०८०, आइतबार


आइतबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से २८.३८ अंकले बढेर दुई हजार ०७७.७६ विन्दुमा पुगेको छ । 

बैंकिङ ८, विकास बैंक ५९, फाइनान्स ३९, जलविद्युत् ०.१२, जीवन बीमा २१५, उत्पादन ९६, माइक्रोफाइनान्स ४०, निर्जीवन बीमा २५८, अन्य ४१, ब्यापार उपसमूह १०३ र होटल तथा पर्यटन उपसमूह २६७ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै रावा इनर्जीको सेयर ९.९८ प्रतिशतले बढेको छ । यस्तै सिटी होटलको सेयर ९.५१ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि अपर तामाकोशी हाइड्रोपावरको सेयर साढे ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन २८७ कम्पनीका ८३ लाख ५२ हजार कित्ता सेयर ३ अर्ब ४ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २४ असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह