सोमबार सेयर बजारमा झिनो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ०.८० अंकले घटेर दुई हजार ०७६.९६ विन्दुमा पुगेको छ ।
बैंकिङ ०.२१, विकास बैंक २.७, होटल तथा पर्यटन १०३, जलविद्युत् ३१, जीवन बीमा ९ र निर्जीवन बीमा उपसमूह १९ अंकले घटेको छ । त्यस्तै, फाइनान्स ५१, उत्पादन ५३, माइक्रोफाइनान्स ४३ र अन्य उपसमूह ३ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर र सिटी होटलको सेयर झण्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज रावा इनर्जीको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २९३ कम्पनीका एक करोड ११ लाख कित्ता सेयर ३ अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया