Logo

सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार


GDP नेपाल
   २६ असार २०८०, मंगलबार


मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ४.७३ अंकले घटेर दुई हजार ०७२.२४ विन्दुमा पुगेको छ । 

बैंकिङ २, जलविद्युत् २७, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ३६, अन्य ८, ब्यापार उपसमूह १९, जीवन बीमा ८२ र होटल तथा पर्यटन उपसमूह ८० अंकले घटेको छ । यस्तै, विकास बैंक १२९, फाइनान्स ५८ र उत्पादन १८ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै सिंगाटी हाइड्रो इनर्जीको सेयर झण्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज हिमालयन पावर पाटर्नर र एनआइबीएल समृद्धि फन्डको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २८३ कम्पनीका ७९ लाख ८८ हजार कित्ता सेयर २ अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २६ असार २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह