बुधबार सेयर दोहोरो अंकल बढेको छ । सेयर बजार परिसूचक नेप्से २५.३१ अंकले बढेर दुई हजार ०९७.५५ विन्दुमा पुगेको छ ।
बैंकिङ ८, विकास बैंक ३०, जलविद्युत् १०२, जीवन बीमा ३८, उत्पादन ५९, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा १०६, अन्य १६ र व्यापार उपसमूह ९ अंकले बढेको छ । यस्तै, फाइनान्स ३९ र होटल तथा पर्यटन उपसमूह ५१ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै शिवश्री हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, रिभर फल्स पावर, शुभम् पावर, लक्ष्मी इक्युटी फन्ड र एनआईसी एसिया फन्डको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि हरावा इनर्जी कम्पनीको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन २८९ कम्पनीको ८५ लाख चार हजार कित्ता सेयर तीन अर्ब १८ करोड ७६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३३ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया