बिहिबार सेयर दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १२.६२ अंकले घटेर दुई हजार ०८४.९३ विन्दुमा पुगेको छ ।
विकास बैंक ६३, फाइनान्स ३९, जलविद्युत् ४५, जीवन बीमा १३५, उत्पादन ३६, माइक्रोफाइनान्स १, निर्जीवन बीमा ११३, अन्य १२ र व्यापार उपसमूह ४४ अंकले घटेको छ । यस्तै, बैंकिङ ३ र होटल तथा पर्यटन उपसमूह १० अंकले बढेको छ ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरको सेयर ६ प्रतिशतले घटेको छ ।
यस दिन २९६ कम्पनीको ९३ लाख ८२ हजार कित्ता सेयर तीन अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया