Logo

सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार, दुई अर्ब ३७ करोडको कारोबार


GDP नेपाल
   ३१ असार २०८०, आइतबार


आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १२.१६ अंकले बढेर दुई हजार ०९७.९७ विन्दुमा पुगेको छ । 

बैंकिङ १६, विकास बैंक २०, उत्पादन २४, माइक्रोफाइनान्स ३९, निर्जीवन बीमा १०७ र अन्य ६ अंकले बढेको छ । यस्तै, फाइनान्स २, जलविद्युत् १७, जीवन बीमा ६, व्यापार उपसमूह ४ र होटल तथा पर्यटन उपसमूह १२ अंकले घटेको छ ।

आज सनराइज फोकस्ड इक्युटी फन्डको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि लिबर्टी इनर्जी कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर झन्डै छ प्रतिशतले घटेको छ ।

यसदिन २८६ कम्पनीका ७१ लाख ८४ हजार कित्ता सेयर दुई अर्ब ३७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमन्टको १९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित : ३१ असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह