Logo

सेयर बजार

९ अंकले बढेको सेयर बजारमा तीन अर्ब ५४ करोडको कारोबार


GDP नेपाल
   २ श्रावण २०८०, मंगलबार


मंगलबार सेयर बजार ९ अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ९.९१ अंकले बढेर दुई हजार १५४ विन्दुमा पुगेको छ । 

बैंकिङ १३, उत्पादन ७७, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा १७८, अन्य ७, जीवन बीमा १८ र व्यापार ९ अंकले बढेको छ । त्यस्तै, विकास बैंक ३५, फाइनान्स ४, जलविद्युत् ९ र होटल तथा पर्यटन उपसमूह ८६ अंकले घटेको छ ।

आज बीपीडब्ल्यू लघुवित्त र यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सानिमा लार्ज क्याप फन्डको सेयर ५ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यसदिन २५५ कम्पनीका ८६ लाख ७६ हजार कित्ता सेयर तीन अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २ श्रावण २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह