Logo

मुख्य समाचार

सामान्य अंकले घट्यो सेयर बजार


GDP नेपाल
   ४ श्रावण २०८०, बिहिबार


बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १.३१ अंकले घटेर दुई हजार १६३.९२ विन्दुमा पुगेको छ । 

बैंकिङ १, विकास बैंक १०, उत्पादन ८२, जलविद्युत् २२ र व्यापार १७७ अंकले बढेको छ । फाइनान्स १५, होटल तथा पर्यटन २१, जीवन बीमा १२२, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा १३२ र अन्य उपसमूह ७ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सिटिजन्स म्युचुल फन्ड र कुमारी इक्विटी फन्डको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि विशाल बजार कम्पनी र लिबर्टी इनर्जी कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यसदिन २६४ कम्पनीको ८४ लाख २४ हजार कित्ता सेयर तीन अर्ब पाँच करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित : ४ श्रावण २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह