Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ६३ अंकले बढ्यो नेप्से


GDP नेपाल
   ७ श्रावण २०८०, आइतबार


आइतबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ६३.३४ अंकले बढेर दुई हजार २२७.१६ विन्दुमा पुगेको छ । 

बैंकिङ ६५, विकास बैंक १९५, उत्पादन ९२, माइक्रोफाइनान्स ४९, निर्जीवन बीमा १५८, अन्य २२, फाइनान्स ३३, जलविद्युत् ४०, जीवन बीमा १२५, व्यापार १२१ र होटल तथा पर्यटन उपसमूह १७७ अंकले बढेको छ ।

आज किसान लघुवित्त, चन्द्रागिरि हिल्स र लिबर्टी इनर्जी कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै स्वरोजगार लघुवित्त, ग्लोबल आईएमई बैंक र कालिञ्चोक दर्शन प्रालीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन २६६ कम्पनीका एक करोड २० लाख कित्ता सेयर चार अर्ब ३७ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ७ श्रावण २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह