बिहिबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २९.७१ अंकले घटेर दुई हजार १२६.४८ विन्दुमा पुगेको छ ।
बैंकिङ १३, विकास बैंक ४७, उत्पादन ११३, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा १३८, जलविद्युत् २६, जीवन बीमा २२२, व्यापार ७८, होटल तथा पर्यटन ११९, फाइनान्स ४२ र अन्य उपसमूह ३४ अंकले घटेको छ ।
आज किसान लघुवित्तको सेयर साढे आठ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि एकआईसी एशिया फ्लेक्सि क्याप फन्डको सेयर ७ प्रतिशत भन्दा धेरैले बढेको छ ।
यस दिन २७१ कम्पनीका ६२ लाख कित्ता सेयर दुई अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया