Logo

मुख्य समाचार

ओरालो यात्रामा सेयर बजार, २६ अंकले घट्यो नेप्से


GDP नेपाल
   १४ श्रावण २०८०, आइतबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २६.१४ अंकले घटेर दुई हजार १००.३४ विन्दुमा पुगेको छ । 

बैंकिङ ८, विकास बैंक ५९, फाइनान्स ४३, होटल तथा पर्यटन १२०, जलविद्युत् ३३, जीवन बीमा १८८, उत्पादन ३२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा २१०, अन्य २८ र व्यापार उपसमूह ६० अंकले घटेको छ ।

सबैभन्दा धेरै मनकामना स्मार्ट र अभियान लघुवित्तको सेयर साढे छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि पिपुल्स पावर कम्पनीको सेयर साढे तीन प्रतिशतले बढेको छ ।

यसदिन २६६ कम्पनीको ६८ लाख कित्ता सेयर दुई अर्ब ५० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १४ श्रावण २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह