Logo

सेयर बजार

सेयर बजार राताम्मे, २८ अंकले घट्यो नेप्से


GDP नेपाल
   १६ श्रावण २०८०, मंगलबार


मंगलबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २८.५९ अंकले घटेर दुई हजार ०७७.५८ विन्दुमा पुगेको छ । 

बैंकिङ १२, विकास बैंक ७६, फाइनान्स ४५, होटल तथा पर्यटन १२३, जलविद्युत् २९, जीवन बीमा २२२, उत्पादन ७६, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा २७४, अन्य १५ र व्यापार उपसमूह ४४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै किसान लघुवित्तको सेयर साढे ६ प्रतिशतले घटेको छ । समग्र बजार घटेपनि सुपर मादि हाइड्रोपावरको सेयर साढे ४ प्रतिशतले बढेको छ ।

यसदिन २६२ कम्पनीको ६० लाख कित्ता सेयर एक अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित : १६ श्रावण २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह