Logo

सेयर बजार

नेप्से ९ अंकले बढ्यो, एक अर्ब ८१ करोडको कारोबार


GDP नेपाल
   १७ श्रावण २०८०, बुधबार


बुधबार सेयर बजार ९ अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से ९.२५ अंकले बढेर दुई हजार ०८६.८४ विन्दुमा पुगेको छ ।

बैंकिङ १०, विकास बैंक ३९, फाइनान्स ३०, होटल तथा पर्यटन ७८, जीवन बीमा ४२, उत्पादन १७, निर्जीवन बीमा ६५ र अन्य उपसमूह ४ अंकले बढेको छ । यस्तै, व्यापार १, जलविद्युत् ५ र माइक्रोफाइनान्स उपसमूह ११ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै आरबीबी म्युचल फन्ड–१ र स्टान्डर्ड चार्टड बैंकको सेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि प्रभु स्मार्ट फन्डको सेयर १० प्रतिशतले घटेको छ ।

यसदिन २६९ कम्पनीका ९३ लाख ६१ हजार कित्ता सेयर एक अर्ब ८१ करोड २४ रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ११ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह