Logo

सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार, एक अर्ब ७८ करोडको कारोबार


GDP नेपाल
   १८ श्रावण २०८०, बिहिबार


बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३ अंकले बढेर दुई हजार ०८९.८४ विन्दुमा पुगेको छ ।

बैंकिङ ५, जीवन बीमा ६३, उत्पादन १६, अन्य उपसमूह ८, व्यापार ५१, र माइक्रोफाइनान्स उपसमूह १० अंकले बढेको छ । यस्तै, विकास बैंक ८, फाइनान्स २८, होटल तथा पर्यटन ३३, निर्जीवन बीमा ४८ र जलविद्युत् उपसमूह १३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सपोर्ट लघुवित्त र एनआईबीएल ग्रोथ फन्डको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि प्रोग्रेसिभ फाइनान्सको सेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

यसदिन २६२ कम्पनीका ५१ लाख ३० हजार कित्ता सेयर एक अर्ब ७८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको नौ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १८ श्रावण २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह