Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, २८ अंकले घट्यो नेप्से


GDP नेपाल
   २३ श्रावण २०८०, मंगलबार


मंगलबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २८.४० अंकले घटेर दुई हजार ०१९.८५ विन्दुमा पुगेको छ ।

बैंकिङ १३, विकास बैंक ६६, फाइनान्स ४८, होटल तथा पर्यटन ८४, जलविद्युत् ३८, जीवन बीमा १९६, उत्पादन ७३, माइक्रोफाइनान्स ६०, निर्जीवन बीमा ११२, अन्य २६ र व्यापार उपसमूह ७७ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै गोर्खा फाइनान्सको सेयर ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडियाको सेयर १० प्रतिशतले बढेको छ ।

यसदिन २६५ कम्पनीका ४८ लाख ६० हजार कित्ता सेयर एक अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह