Logo

Sub-banner

सप्तकोशीमा एक दशक यताकै उच्च बहाव,५६ वटै ढोका खोलियो


GDP नेपाल
   २९ श्रावण २०८०, सोमबार


पूर्वी पहाडी जिल्लाहरूमा केहि दिन यता निरन्तर परेको भारी वर्षाले सप्तकोशी नदीमा पानीको बहाव ११ वर्ष यताकै उच्च विन्दुमा पुगेसँगै ५६ वटै ढोका खोलिएको छ ।

सप्तकोशी नदी स्थित कोशी नदीमा सोमबार बिहान ४ बजे ४ लाख ६२ हजार क्युसेक पानी प्रति सेकेण्ड बगेसँगै टटीय क्षेत्रमा उच्च सर्तकता अपनाउँन भनिएको हो ।

कोशीमा बिहान ९ः३० बजे गरिएको पछिल्लो मापनमा पानीको बहाव सामान्य घट्दै गैरहेको छ । मापन अनुसार प्रतिसेकेण्ड ४ लाख २१ हजार क्युसेक पानी बगिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

अहिले कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको छ । नदीमा पानीको बहाव सामान्य घटेपनि उच्च सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

कोशीमा यसअघि सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक पानी प्रति सकेकेण्ड बगेको रेकर्ड छ ।

ब्यारेजबाट अत्यधिक मात्रामा पानीको बहाव हुन थालेपछि पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेज पुलमा सवारी साधनको गति सीमित गरेर सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह