Logo

सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार, दुई अर्ब ९ करोडको कारोबार


GDP नेपाल
   २९ श्रावण २०८०, सोमबार


सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ३.६१ अंकले घटेर दुई हजार ०७७.२४ विन्दुमा पुगेको छ ।

आज फाइनान्स ५, होटल तथा पर्यटन ९२, जलविद्युत् ३६, जीवन बीमा ५, निर्जीवन बीमा १०६, अन्य १० र व्यापार उपसमूह ४१ अंकले घटेको छ । यस्तै, बैंकिङ ६.८, विकास बैंक १.१, उत्पादन ३७ र माइक्रोफाइनान्स १४ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज थ्री स्टार हाइड्रोपावर र अपर साङ्गे जलविद्युत्को सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २७९ कम्पनीका ५४ लाख १७ हजार कित्ता सेयर दुई अर्ब ९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्स्योरेन्सको ११ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह