Logo

सेयर बजार

सेयर बजार राताम्मे, झण्डै ३२ अंकले घट्यो नेप्से


GDP नेपाल
   ३० श्रावण २०८०, मंगलबार


मंगलबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३१.८० अंकले घटेर दुई हजार ०४५.४४ विन्दुमा पुगेको छ ।

बैंकिङ उपसमूह ११, विकास बैंक ७३, होटल तथा पर्यटन १२३, जलविद्युत् ५१, जीवन बीमा २०४, निर्जीवन बीमा १८४, फाइनान्स ३९, उत्पादन २४२, माइक्रोफाइनान्स ४० र अन्य उपसमूह १३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको सेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज इमर्जिङ नेपालको सेयर पाँच प्रतिशतले बढेको छ ।

यस दिन २७८ कम्पनीका ५६ लाख तीन हजार कित्ता सेयर दुई अर्ब १५ करोडमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २० करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह