Logo

मुख्य समाचार

सेयर बजार २० अंकले घट्यो, सबै उपसमूह राताम्मे


GDP नेपाल
   ३१ श्रावण २०८०, बुधबार


बुधबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २०.३१ अंकले घटेर दुई हजार ०२५.१२ विन्दुमा पुगेको छ ।

बैंकिङ ९, विकास बैंक १९, होटल तथा पर्यटन ०.६४, जलविद्युत् ४०, जीवन बीमा ९६, निर्जीवन बीमा ९७, फाइनान्स २३, उत्पादन ८६, माइक्रोफाइनान्स ४५, व्यापार ३५ र अन्य उपसमूह १९ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपाल र श्वेत गङ्गा हाइड्रोपावर कम्पनीको सेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बलेफी हाइड्रो र सनराइज फोकस्ड इक्युटी फन्डको सेयर चार प्रतिशतले बढेको छ ।

यस दिन २६९ कम्पनीको ४८ लाख ३८ हजार कित्ता सेयर एक अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ । हिमालयन डिस्टिलरीको आठ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह