Logo

बिजनेस होम

विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्ने !


GDP Nepal
   ३१ श्रावण २०८०, बुधबार


काठमाडौं ः चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्ने भएको छ । दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथिहरूका बीचहुने भब्य समारोहमा यस अवार्डबाट चौधरीलाई सम्मान गर्ने कार्यक्रम छ ।

एशियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पु¥याउने प्रतिभालाई सम्मानगर्दै आएको छ । अवार्डबाट यसअघि आर्ट अफ लिभिङका सस्थापक श्री श्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकीच्यान लगायत सम्मानित भएका छन् ।
नेपालका एकमात्र फोब्र्समा सुचिकृत अर्वपति उद्योगी एवं समाजसेवी चौधरीले फाउन्डेसनमार्फत नेपालमा प्रभावकारी रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् ।

सन् २०१५मागएको महाभुकम्पका समयमाभूकम्प पीडितका लागिकरिव तीनहजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरुलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ओटापक्की घर निर्माण गरेको थियो । भुकम्पका बेलामा गरेको योगदानमाथिफोब्र्स एसियाले विनोद चौधरीको कभर स्टोरी छापेको थियो ।

विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरु भएको कोभिड महामारीपश्चात कोभिड प्रभावित सर्वसाधारण नेपालीनागरिकको उपचारलाई सहजबनाउनवीर अस्पतालमा १८ बेडको आईसीयूनिर्माण गरि सञ्चालनमाल्याएको थियो ।

कोभिड महामारीको समयमाआईसियू बेडको अभावमाउपचार गर्न नपाएका सर्वसाधारण नागरिककालागिउक्त बार्ड निर्माणले ठूलो राहतपुगेको थियो । फाउण्डेसनले कान्तिबाल अस्पतालकोआकस्मिक वार्ड (इमर्जेन्सी वार्ड)निर्माण गरि हस्तान्तरण गरेको थियो ।

चौधरी फाउन्डेसनले सरकारलाई पिसिआर रिएजेन्ट र भेन्टिलेटरहरूपनि सहयोग गरेको थियो ।अहिले चौधरी फाउण्डेसन नेपालकादुर्गम क्षेत्रमा स्वास्थ्य सेवाप्रभावकारी बनाउन स्थानीय अस्पतालहरुको गुणस्तर अभिवृद्धि गरि स्थानीयनागरिकले घर नजिकै गुणस्तरीय सेवापाउने वातावरण बनाउनलागिरहेको छ ।

चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपत्व्यवस्थापन, उद्यमशिलताविकास, सीप र जीविकोपार्जन,महिला सशक्तिकरण,आध्यात्मिकएवं सम्पदा संरक्षण क्षेत्रमाकामगर्दै आएको छ ।

चौधरी एक सफल नेपालीउद्योगी, लेखक, राजनीतिज्ञ तथा समाजसेवीहुन् । नेपालीकांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरीनवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यमानिर्वाचित सांसद रहेका छन् ।

अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त चौधरीको आत्मकथा विश्वका विभिन्न सात भाषामा प्रकाशित छ ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह