Logo

सेयर बजार

नेप्से ८ अंकले बढ्यो, एक अर्ब ५४ करोडको कारोबार


GDP नेपाल
   ३२ श्रावण २०८०, बिहिबार


बिहिबार सेयर बजार ८ अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से ८.०१ अंकले बढेर दुई हजार ०३३.१३ विन्दुमा पुगेको छ ।

बैंकिङ ३, विकास बैंक १३, होटल तथा पर्यटन ११२, जलविद्युत् ८, जीवन बीमा ९०, निर्जीवन बीमा ५९, फाइनान्स १३, उत्पादन २, माइक्रोफाइनान्स १०, व्यापार ७१ र अन्य उपसमूह ०.२५अंकले बढेको छ ।

आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्केम २ को सेयर १० प्रतिशत र लिबर्टी इनर्जीको सेयर ९.७४ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज लक्ष्मी इक्युटी फन्डको सेयर झण्डै साढे ७ प्रतिशतले घटेको छ ।

यस दिन २७१ कम्पनीको ४० लाख कित्ता सेयर एक अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह