Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, झण्डै २२ अंकले घट्यो नेप्से


GDP नेपाल
   ३ भाद्र २०८०, आइतबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २१.९९ अंकले घटेर दुई हजार ०११.१४ विन्दुमा पुगेको छ ।

बैंकिङ ३, विकास बैंक ३५, फाइनान्स ११, होटल तथा पर्यटन १०६, जलविद्युत् ५०, जीवन बीमा १३४, उत्पादन ८८, निर्जीवन बीमा १७२, अन्य २३ र व्यापार उपसमूह ३६ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै कृषि विकास बैंकको डिबेन्चर १० प्रतिशत र अपर साङ्गे जलविद्युत् कम्पनीको सेयर नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि फरवार्ड लघुवित्तको सेयर साढे चार प्रतिशतले बढेको छ ।

यस दिन २६९ कम्पनीको ४४ लाख ५९ हजार कित्ता सेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्स्योरेन्सको छ करोड ६३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

प्रकाशित : ३ भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह