Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, नेप्से दुई हजार विन्दुमुनि


GDP नेपाल
   ४ भाद्र २०८०, सोमबार


सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १२.९३ अंकले घटेर एक हजार ९९८.२८ विन्दुमा पुगेको छ ।

बैंकिङ ४, विकास बैंक १३, फाइनान्स २२, होटल तथा पर्यटन ३८, जलविद्युत् २९, जीवन बीमा ८४, उत्पादन ५६, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा ४९, अन्य ८ र व्यापार उपसमूह ३३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज लक्ष्मी लघुवित्त र खुटेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २७२ कम्पनीको ४१ लाख ६३ हजार कित्ता सेयर एक अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड दुई लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह