Logo

मुख्य समाचार

२९ अंकले बढ्यो नेप्से, सबै उपसमूहमा हरियाली


GDP नेपाल
   ६ भाद्र २०८०, बुधबार


बुधबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से २९.४७ अंकले बढेर दुई हजार ०४५.४५ विन्दुमा पुगेको छ ।

बैंकिङ ९, विकास बैंक ४३, फाइनान्स ३३, होटल तथा पर्यटन ७८, जलविद्युत् ५७, जीवन बीमा २७६, उत्पादन ४२, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा २३२, अन्य १३ र व्यापार उपसमूह ५५ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै खुटेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ र लिबर्टी इनर्जी कम्पनीको सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि आज सिटीजन सुपर ३० म्यूचुअल फन्डको सेयर झण्डै साढे सात प्रतिशतले घटेको छ ।

यस दिन २७३ कम्पनीको ४२ लाख ३७ हजार कित्ता सेयर एक अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह