Logo

मुख्य समाचार

दुई हजार विन्दुभन्दा तल झर्‍यो सेयर बजार


GDP नेपाल
   १० भाद्र २०८०, आइतबार


आइतबार सेयर बजार २० अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २०.५४ अंकले घटेर एक हजार ९९३.३८ विन्दुमा पुगेको छ ।

बैंकिङ १०, विकास बैंक २४, फाइनान्स १७, होटल तथा पर्यटन ७६, जलविद्युत् ३६, जीवन बीमा १०४, उत्पादन ३७, माइक्रोफाइनान्स ४०, निर्जीवन बीमा १२८, अन्य १६ र व्यापार उपसमूह २३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर साढे नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २८० कम्पनीका ३८ लाख ९५ हजार कित्ता सेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एसियन लाइफ इन्स्योरेन्सको सात करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १० भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह