Logo

सेयर बजार

५ अंकले बढ्यो नेप्से, कारोबार रकम खुम्चियो


GDP नेपाल
   ११ भाद्र २०८०, सोमबार


सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ५.०९ अंकले बढेर एक हजार ९९८.४८ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक २६, फाइनान्स २, होटल तथा पर्यटन ४५, जीवन बीमा २४, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा १४ र व्यापार उपसमूह १८ अंकले बढेको छ । यस्तै, जलविद्युत् १, उत्पादन २ र अन्य उपसमूह ४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । मोलुङ हाइड्रोपावर कम्पनीको शेसेयर समग्रमा बजार बढे पनि आज स्वाभिमान लघुवित्तको सेयर झण्डै साढे चार प्रतिशतले घटेको छ ।

यस दिन २७९ कम्पनीको ३६ लाख ७० हजार कित्ता सेयर ९८ करोड ८६ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ११ भाद्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह