Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो सेयर बजार, एक अर्ब ९ करोडको कारोबार


GDP नेपाल
   १८ भाद्र २०८०, सोमबार


सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ७.०४ अंकले बढेर एक हजार ९६७.८३ विन्दुमा पुगेको छ ।

बैंकिङ १.९, विकास बैंक १६, होटल तथा पर्यटन २९, जलविद्युत् १६, जीवन बीमा ५५, उत्पादन ६, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ३२, अन्य ६ र व्यापार उपसमूह ३० अंकले बढेको छ । फाइनान्स उपसमूह भने ०.४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर र दोल्ती पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, ग्रीन भेन्चर, रुरु जलविद्युत् र आशा लघुवित्तको सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि आज लिवर्टी इनर्जी कम्पनीको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन २७० कम्पनीको ३४ लाख कित्ता सेयर एक अर्ब ९ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १८ भाद्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह