Logo

सेयर बजार

सेयर बजार ६ अंकले घट्दा ७९ करोडमा खुम्चियो कारोबार


GDP नेपाल
   १९ भाद्र २०८०, मंगलबार


मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ६.४५ अंकले घटेर एक हजार ९६१.३७ विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक ४, फाइनान्स १२, होटल तथा पर्यटन ४३, जलविद्युत् १३, जीवन बीमा ६८, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा ५८ र अन्य उपसमूह ३ अंकले घटेको छ । यस्तै, उत्पादन १९ र व्यापार उपसमूह १३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै आरबीबी म्यूचुअल फन्ड २ को सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज एकएमबी माइक्रोफाइनान्स वित्तिय संस्थाको सयर १० प्रतिशतले बढेको छ ।

यस दिन २७७ कम्पनीको २४ लाख कित्ता सेयर ७९ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १९ भाद्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह