Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, एक अर्ब सात करोडको कारोबार


GDP नेपाल
   २४ भाद्र २०८०, आइतबार


आइतबार सेयर दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १०.२३ अंकले बढेर एक हजार ९४२.६८ विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक २२, फाइनान्स १६, होटल तथा पर्यटन ६७, जीवन बीमा ३७, उत्पादन ८, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ८९, अन्य ६ र ब्यापार उपसमूह ४८ अंकले बढेको छ । यस्तै, जलविद्युत उपसमूह भने २ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सूर्योदय वमी लघुवित्त, शुभम् पावर, न्यादी हाइड्रो र मेन्छियाम हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि हिमाल दोलखा हाइड्र्रोपावर कम्पनीको सेयर झन्डै आठ प्रतिशतले घटेको छ ।

यसदिन २७६ कम्पनीको ४३ लाख १४ हजार कित्ता सेयर एक अर्ब सात करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आठ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २४ भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह