Logo

बिजनेस होम

मीन बहादुर गुरुङ २ करोड ४६ लाख धरौटीमा छुट्ने


gdpnepal
   २४ भाद्र २०८०, आइतबार


काठमाडौं । जिल्ला अदालत काठमाडौंले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

गुरुङसहित सबै प्रतिवादीहरु धरौटीमा रिहा हुने भएका छन् । अदालतको आदेशअनुसार १७ अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

प्रतिवादी केशव दुलाललाई भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा सात दिन लामो थुनछेक बहसपछि यस्तो आदेश दिइएको अदालत प्रशासनले जनाएको छ ।

प्रकाशित : २४ भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह