Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, नेप्से ४४ अंकले बढ्यो


GDP नेपाल
   २५ भाद्र २०८०, सोमबार


सोमबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ४४.३० अंकले बढेर एक हजार ९८६.९९ विन्दुमा पुगेको छ ।

बैंकिङ २४, विकास बैंक ८६, फाइनान्स ६०, होटल तथा पर्यटन १८६, जलविद्युत उपसमूह ५८, जीवन बीमा ३०४, उत्पादन ११३, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा २९७, अन्य १९ र ब्यापार उपसमूह १०७ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, मोलुङ हाइड्रोपावर र सिद्धार्थ प्रिमीयर इन्स्योरेन्सको सेयर साढे ९ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्केम २ को सेयर झण्डै साढे ७ प्रतिशतले घटेको छ ।

यसदिन २७८ कम्पनीको ४७ लाख ४२ हजार कित्ता सेयर एक अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित : २५ भाद्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह