Logo

बिजनेस होम

आजदेखि ‘नाडा अटो शो’ सुरु


GDP नेपाल
   २६ भाद्र २०८०, मंगलबार


आजदेखि काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ । भदौ ३१ गतेसम्म आयोजना हुने यस नाडा अटो शोमा विभिन्न कम्पनीले हालचालै आएका नयाँ मोडलका सवारीसाधनको प्रदर्शन गर्ने छन् ।

नाडा अटो शोमा रहेका १२० स्टलहरुमा चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे गाडी तथा ढुवानीका गाडीहरु, स्पेयर पार्ट्स, टायर टयुब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु प्रदर्शनीमा राखिएको आयोजक नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले जानकारी दिएको छ ।

आयोजकका अनुसार प्रदर्शनीमा एक लाखभन्दा धेरै दर्शकले अवलोकन गर्ने र झण्डै २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । 

प्रकाशित : २६ भाद्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह