Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, एक अर्ब १३ करोडको कारोबार


GDP नेपाल
   २६ भाद्र २०८०, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १९.४२ अंकले घटेर एक हजार ९६७.५७ विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक ५४, फाइनान्स ३२, होटल तथा पर्यटन ११०, जलविद्युत् ३१, जीवन बीमा १०८, उत्पादन ५६, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा १४९, अन्य ३ र ब्यापार उपसमूह २४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज शुभम् पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २७६ कम्पनीको ३९ लाख १६ हजार कित्ता सेयर एक अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको सात करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २६ भाद्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह