Logo

बिजनेस होम

‘नाडा अटो शो’मा अर्थमन्त्रीलाई भ्याइनभ्याई (फोटोफिचर)


gdpnepal
   २६ भाद्र २०८०, मंगलबार


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको नाडा अटो सो २०२३ को उद्घाटन गरे । उद्घाटनपछि स्टल घुमेका अर्थमन्त्रीले प्रत्येकजसो स्टलमा नयाँ सवारीको सार्वजनिकीकरण गरे ।

स्टल भ्रमणमा प्रफुल्ल मुद्रामा देखिएका अर्थमन्त्रीले उदघाटन समारोहमा भने खर्च बढाउनु पर्ने अहिलेको अवस्था भएको बताए ।

अहिले अर्थतन्त्रमा मन्दी रहेको भन्दै अवस्था अब सुध्रिने उनको भनाइ छ ।

आर्थिक विकासको संवाहक निजी क्षेत्र भएको भन्दै अब विश्वास गर्नुपर्ने बताए । ूअर्थतन्त्रमा समस्या छ । तर यो समस्या धेरै रहँदैन । जग्गा कारोबारमा कित्ताकाट र ऋणको कुरामा समस्या थियो ।

“पैसा नघुम्दा समस्या भएको हो । खर्च गर्ने आत्मबल नभएको प्रस्ट छ । यसले लागि के गर्नु भन्ने पनि परेको छ,” उनले भने, ‘लगानीकर्ताले ऋण लिन आँट गर्दैनन् । सबैले खर्च बढाउनु पर्छ । निजी क्षेत्रले तर्कसहितका सुझाव दिएको छ । हामी ती सुझाव मान्छौँ ।

त्यस्तै, डिलर बढी भएको भन्दै मर्ज गर्नुपर्ने दिन आउने मन्त्री महतले बताए । अब ईभीको युग भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताए ।

प्रकाशित : २६ भाद्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह