Logo

मुख्य समाचार

३९ अंकले बढ्यो सेयर बजार, एक अर्ब ४९ करोडको कारोबार


GDP नेपाल
   २७ भाद्र २०८०, बुधबार


बुधबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर दुई हजार विन्दुमा पुगेको छ ।

बैंकिङ १२, विकास बैंक १०६, फाइनान्स ५३, होटल तथा पर्यटन १५७, जलविद्युत् ७१, जीवन बीमा २७३, उत्पादन १०२, माइक्रोफाइनान्स ६९, निर्जीवन बीमा २४०, अन्य ३० र ब्यापार उपसमूह ६१ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै बरुण हाइडरोपावर र शुभम् पावर लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर ८ प्रतिशतले घटेको छ ।

यस दिन २७५ कम्पनीको ५१ लाख ४४ हजार कित्ता सेयर एक अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २७ भाद्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह